हवाई यात्रीलाई ठुलो राहत ! बीमाको दावी तथा क्षतिपुर्ती रकम पाँच गुणाले बढाउने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 07:08:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १५ वटा निर्णहरु गरेको छ। त्यसमध्ये ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयक’ तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्विकृती दिएको छ ।

मन्त्रालयले उक्त स्विकृती पाएसँगै आन्तरिक विमानमा यात्रुको मृत्युहुँदा बीमा वापत १ लाख अमेरिकी डल पाउने वायुसेवा संस्थाले व्योहोर्ने कानुनी प्रक्रिया अघि बढेको छ । सो विधेयक संसदबाट पास भएको खण्डमा आन्तरिक वायुसेवाका यात्रुको मृत्यु भएमा १ लाख रुपैयाँ अमेरिकी डलर वायुसेवा संस्थाले यात्रुको नजिकका आफन्तलाई बीमा दावी वापत भुक्तानी गर्नुपर्ने छ । 

यस प्रकारको दावी तथा क्षपिपूर्ती रकम हाल २० हजार डलर भुक्तानी गर्ने व्यवस्था छ । सो विधेयकमा यसलाई ५ गुणा बढाइएर ड्राफ्ठ गरिएको छ । सो विधेयक अव मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नु पर्ने हुन्छ । त्यसपछि मन्त्रिपरिषद्बाट संसद पुगेर पास भएपछि विधेयक कार्यन्वयनमा आउँछ ।  

विधेयकमा भएका अन्य व्यवस्थाहरु:

यात्राको क्रममा बोडिङ चेक गरेपछि वायुयान भित्र जाने क्रममा वा वायुयान भित्र रहँदा यात्रुको मृत्यु भएमा १ लाख अमेरिकी डलर वायुसेवा संस्थाले व्यहोर्नुपर्ने छ । यस्तै, मृत्वकको शव परिवारलाई हस्तान्तरण गर्ने दायीत्व, उक्त कार्यमा लाग्ने सम्पूर्ण खर्च वा मृत्यु संस्कारका लागि लाग्ने खर्चका अग्रिम भुक्तानी वायुसेवा संस्थाले परिवारलाई दिनुपर्ने हुन्छ । 

यसैगरी दुर्घटनाबाट घाइते वा अंगभंग भएमा वायुसेवा सञ्चालक संस्थाले उपचारको व्यवस्था मिलाउनु पर्ने छ ।  तर, यात्रुलाई पहिला देखिनै रकेको कुनै गम्भिर रोगका कारणबाट यात्राको क्रममा अंगभंग तथा मृत्युृ भएमा सो वापतको क्षपिपूर्ति वायुसेवाले व्यहोर्न नपर्ने । यसैगरी, यात्रुकै गम्भीर लापारवाहीको कारणबाट यात्रुलाई भएको क्षतिको क्षतिपूर्ति वायुसेवा कम्पनीले व्यहोर्न नपर्ने । 

यसैगरी, प्रत्यक वायुृसेवा सञ्चालक संस्थाले यात्रा गर्ने यात्रु, ओसार पसार गरिने सामान र तेस्रो पक्षको बीमा गराएको प्रमाण सरकारले तोकेको निकायमा पेश गर्नुपर्ने छ । यात्रुको अंगभंग भएको वा चोट लागेवापतको क्षपिपूर्ति गणना चोट पटक वा अंगभंगको.अवस्था, सो बाट यात्रुलाई हुने अशक्तता, र यात्रुले गुमाएको आम्दानीका आधारण हुनेछ ।  

अन्य यी कुराको पनि क्षतिपूर्ति पाइने:

हवाई यात्राको दौरान हुन सक्ने विलम्व, यात्रास्थगन, यात्रुलाई लाग्न सक्ने चोटपटक, अङ्गभङ्ग वा मृत्यु तथा बायुयानबाट ओसारपसार गरिने मालसामानको ओसारपसारको क्रममा हुन सक्ने बिलम्ब, मालसामान नष्ट हुने, हराउने वा बिग्रने अवस्था तथा तेश्रो पक्षमा क्षति को क्षतिपूर्ति पाइने विधेयकको मस्यौदामा रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved