तीन वटै अन्तराष्ट्रिय विमानस्थलका प्रमुखको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 11:05:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वटै अन्तराष्ट्रिय विमानस्थलका प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । जस अनुसार प्राधिकरणले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएको छ ।

प्राधिकरणको कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक जगन्नाथ निरौलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक बनाईएको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेलाई सिनामंगलस्थित कर्पोरेट निर्देशनालयमा ल्याईएको छ ।

पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी नविना कर्माचार्यलाई जिम्मेवारी दिइएको छ । पोखरामा रहेका देवचन्द्रलाल कर्णलाई सिनामंगलस्थित उड्डयन तथा हवाई नियमन निर्देशनालयको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । 

बुधबार प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयबाट  महाप्रवन्धकको जिम्मेवारी हेरफेर भएको हो ।




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved