समुदाय–प्रहरी साझेदारीलाई जनता बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 05:27:14 PM मा प्रकाशित

laxmi  sunrise bank

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई जनता बैंक Janata Bank Nepal Limited ले सहयोग गरेको छ । अपराध रोक थाम गर्ने, समाजिक बिकृति बिरुद्ध जनचेतना फैलाउने भन्दै गत कार्तिक ११ गतेदेखि कार्यान्वयनमा आएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई बैंकले सचेतनामुलक सामाग्री प्रदान गरेर सहयोग गरेको हो ।

बैंकका संस्थागत मामिला तथा संँस्थागत सामाजिक उत्तरदायित्व विभाग प्रमुख छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख शैलेन्द नाथले बैंकको तर्फबाट १० प्रकारका २५ हजार थान जानकारी मुलक स्टिकर प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाललाई हस्तान्तरण गरे । उक्त स्टिकरहरु समुदायको प्रत्येक घरमा टाँसिने छन् ।

बैंकले चितवनस्थित जमुनापुर हेल्थ सोसाइटीलाई सामुदायिक भबन निर्माण गर्न एक लाख ५० हजार र धरानस्थित असहाय सहयोग परिषदलाई १ लाख सहयोग गरेको छ । बैंकले त्रिवेणीघाट पनौतीमा रहेको मैत्री बृद्धाश्रममा ३६० लिटर क्षमताको सोलार वाटर हिटर जडान गरी हस्तान्तरण गरिएको जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved