डिप्रोक्स लघुवित्तको नामबाट सुरु भयो एकीकृत कारोबार, बन्यो ८१ लाखबाट १ अर्बको लघुवित्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2023 | 10:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोवार सुरु भएको छ। यहि असार एकदेखि एकीकृत कारोबार सुरु भएको हो। 

एकीकृत कारोवारको शुभारभ्भ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष दिपक खनालले आदर्श लघुवित्त वित्तीय संस्था वुद्धनगर शाखाकी असल ग्राहक सदश्य विद्यालक्ष्मी श्रेष्ठलाई एमपासवुक दिई तथा ब्यानर अनावरण गरी सम्पन्न सम्पन्न भएको छ। 

संस्थापक अध्यक्ष्य पिताम्वर प्रसाद आचार्य उपस्थित भई शुभकामना दीइएको उक्त कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक  वाशु प्रसाद उपाध्याय र सदश्य शुसन कर्माचार्यले प्राप्ती संवन्धी कार्यमा आफ्नो अनुभव सुनाएका थिए। 

दुबै संस्थाका सञ्चालक समितिका सदस्यहरुको उपस्थिती रहेको उक्त शुभारम्भ कार्यक्रममा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  शेषरमण आचार्यले स्वागत मन्तब्य सहित संस्थाको एकीकृत कारोवार पछिको अवस्थाको बारेमा जानकारी गराएका थिए। 

शुरुमा ८१ लाख २० हजार चुक्ता पुंजीबाट शुरु भएको यो संस्थाको एकीकृत कारोवार पश्चात् चुक्ता पुँजी १ अर्व ५५ करोड १० लाख पुगेको छ । अव संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखा सञ्जाल संख्या १५६ पुगेको छ । २,५९,९५५ सदश्यहरुको ८ अर्व ८२ करोड ८८ लाख वचत समेत लगानीमा रहिरहेको साँवा १९ अर्व ५६ करोड ५१ लाख पुगेको छ । 

उक्त कार्यक्रममा साविक आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले मन्तब्य राखेकी थिइन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका सस्थापक अध्यक्ष्य पिताम्वर प्रसाद आचार्य र आदर्श लघु वित्त लिमिटेडका असल ग्राहक सदश्य विद्यालक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेका थिए। 

साथै साविक आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समितिका अध्यक्ष्य तथा सदश्यहरुलाई संचालक समितिमा रही पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष दिपक खनालले कदरपत्र तथा दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेका थिए। 


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved