मोबाईल बैंकिङ प्रयोग गर्नेको संख्यो २ करोड १९ लाख नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 05:00:13 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो एक वर्षमा मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्या ह्वात्तै वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा मोबाईल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख बढीले बढेको हो । 

२०७९ भदौ मसान्तसम्म मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड ८८ लाख ८९ हजार ४३० थियो । यो संख्या बढेर २०८० भदौ मसान्तसम्ममा २ करोड १९ लाख ५७ हजार ६९२ पुगेको छ । 

यसरी मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै योमाध्यमबाट कारोबार हुने रकममा पनि वृद्धि हुन थालेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत भदौ महिनमा मात्र यो माध्यमबाट २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो वर्ष २०७९ को भदौमा एक खर्ब ४६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved