बैंक तथा वित्तीय संस्थामा एकैदिन ७ अर्ब निक्षेप थपियो, कर्जाको मागमा भने कमी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 03:05:52 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थामा एकैदिनमा ७ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक ११ गते ५८ खर्ब ७७ अर्ब रुपैयाँ रहेको निक्षेप रहेकोमा कार्तिक १२ गते ५८ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको हो । 

निक्षेपमा वृद्धि भएपनि यो अवधिमा कर्जाको मागमा भने कमी आएको छ । तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २ अर्बले खुम्चिएको छ । 

बैंक तथा वित्तीय संस्थाले कार्तिक १२ गते ४९ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको तथ्यांकले देखाउँछ जबकि अघिल्लो दिन कार्तिक ११ गते बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

त्यस्तै बैंकहरुको कर्जा निक्षेप अनुपात ८१.६० प्रतिशत रहेको छ भने अन्तर बैंक ब्याजदर ४.४७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved