मुद्दती निक्षेपमा पैसा राख्ने बढे, धितो कर्जामा नै रमाउँदै बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 01:58:26 PM मा प्रकाशित

laxmi  sunrise bank


चालू आथिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा रकम राख्नेको संख्या बढेर गएको छ । अर्थतन्त्रमा देखिएको आर्थिक शिथिलताका कारण लगानी बढाउन नसक्दा बैंकमा निक्षेपमा पैसा राखी ब्याज खाने क्रम बढेसँगै मुद्दती खातामा पैसा राख्ने बढेका हुन् ।

केन्द्रिय बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २‍.७ प्रतिशत अर्थात  १५४ अर्ब ६१ करोड रुपैयाँ ले बढेको छ । अघिल्लो वर्षको कात्तिकमा बैंक तथा वित्तीय संस्थामा निक्षेप ०‍‍.९ प्रतिशतले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.३ प्रतिशतले बढेको छ । यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती ६.१ प्रतिशत, बचत २७.३ प्रतिशत र मुद्दती निक्षेपको अंश ६०.२ प्रतिशत छ रहेको छ । गतवर्षको सो अवधिमा यस्तो अनुपात चल्ती, बचत र मुद्दतीको अनुपात क्रमशस् ७.३, २६ र ५८ प्रतिशत थियो । 

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ प्रतिशत छ । २०७९ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३७ प्रतिशत थियो ।

त्यस्तै यो अवधिमा बैंकको कर्जा २.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.१ प्रतिशतले, विकास बैंकहरुको १.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.४ प्रतिशतले बढेको छ ।

कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो । 

तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा धितो कर्जामा नै गएको देखिन्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved