बैंकमा अधिक तरलता, राष्ट्र बैंकले खिच्यो १ खर्ब ९७ अर्ब बढी रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 04:11:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम अधिक भएपछि केन्द्रिय बैंकले बैंकिङ्ग प्रणालीबाट निक्षेपको रुपमा रकम संकलन गरेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ मा मंसिर ६ गते पहिलो पटक बैंकिङ्ग प्रणालीबाट रकम संकलन गर्न लागेको थियो । एक महिनाको अवधिका राष्ट्र बैंकले एक खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ संकलन गरिसकेको छ । केन्द्रिय बैंकले १३ पटकमा उक्त रकम बजारबाट खिचेको हो । 

राष्ट्र बैंकले पुस लागेयता मात्रै चार पटकमा ७० अर्ब रकम खिचेको हो । केन्द्रिय बैंकले निक्षेपका लागि उक्त रकमको आव्हानमा बैंकहरुले एक खर्ब ४२ अर्ब ८० करोडको आवेदन परेको थियो । 

त्यसैगरी राष्ट्र बैंकले मंसिरमा ९ पटकमा एक खर्ब २७ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको देखिन्छ । बैंकले सो अवधिमा एक खर्ब ४५ करोडको लागि आव्हान गरेकोमा बैंकहरुबाट ३ खर्ब ९ अर्ब ८० करोडको आवेदन परेको थियो । 

बैंकमा लगानी योग्य रकम थुप्रिएपछि बैंकहरु पनि अत्यन्त कम ब्याजदरमा राष्ट्र बैंकमा निक्षेपको रुपमा रकम राखेका हुन्  । यसअवधिमा बैंकहरुले औसत ब्याजदर ०.७०४८ प्रतिशतदेखि २.९९५७ प्रतिशतसम्म निक्षेपमा राखेका हुन् । 

केन्द्रिय बैंकले करिब २ खर्ब रकम बजारबाट तानेपनि बैंकिङ्ग प्रणालीमा अझै लगानीयोग्य रकम प्रशस्तै रहेको देखिन्छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा बिहीबार सम्म ६० खर्ब ३४ अर्ब निक्षेप रहेकोमा ५० खर्ब ५ करोड लगानी भएको देखिन्छ । राष्ट्र बैंकको नियम अनुसार सिआरआर छुट्याएर पनि अझै बैंकमा ६ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ । 

हाल बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.१८ प्रतिशतमा आइपुगेको छ । सीडी रेसियो जति कम भयो त्यती नै बैंकहरुको लगानी क्षमता त्यति नै बढी भएको मानिन्छ । वाणिज्य बैंकहरूलाई अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved