महालक्ष्मीको एजिएमबाट आधा दर्जन प्रस्ताव पारित, विदेशी साझेदार भित्र्याउने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2024 | 08:00:49 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा आज शनिवार सम्पन्न भएको सभाले बैंकमा विदेशी साझेदार भित्र्याउने लगायतका आधार दर्जन प्रस्ताव पारित गरेको छ। 

सभाबाट आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित भएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९÷८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।

यसै गरी सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 

उक्त सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०८०/८१ मा बैंकको लेखापरिक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

बैंक अध्यक्ष उपाध्यायले सभामा बैंकका क्रियाकलापहरुलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हाँसिल गर्न जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्घता गरेका छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved