सिटिजन्स बैंकले गर्यो मोबाइल बैंकिङ सेवा स्तरोन्नति , यस्ता छन थपिएका विशेषताहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2018 | 02:41:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक  इन्टरनेसनल लिमिटेडले आफ्नो पुरानो मोबाइल बैंकिङ सेवा स्तरोन्नति गरी,नयाँ प्रबिधिमा आधारित मोबाइल बैंकिङ सेवा "Citizens Smart Banking" सुरुवात गरेको छ । यस नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै विश्वको जुनसुकै कुनाबाट जीपीआरएस अथवा वाईफाई  प्रयोग गरेर समेत कारोबार गर्न सकिने बैंकले जनाएको छ  । 

यस मोबाइल बैंकिङ सेवाको प्रयोग गरेर रिर्चाज कार्ड किन्न, बिजुली, टेलिफोन, एडिएसल आदिको रकम भुक्तानी गर्न,   बैंक  भित्रको खाताबाट  बैंकको अर्को खातामा अथावा कुनै अर्को बैंकको खातामा रकम ट्रान्सफर गर्न सकिने छ  ।  ९४० वटा विभिन्न बैंक, बिकास बैंक तथा वित्त कम्पनीमा रकम ट्रान्सफर गर्ने सुविधा यस सेवामा रहेको छ । साथै स्कुल, कलेज आदिको शुल्क तिर्न साथै क्रेडिट कार्डको रकम भुक्तानग र्न समेत सकिने छ ।

हाल एन्ड्रोईड प्रयोगकर्ताले प्ले स्टोरमा गई Store मा fCitizens Smart Banking App सर्च गरेर यो सेवा लिन सक्ने छन् भने आईफोन प्रयोगकर्ताको लागि केहि समय पश्चात यो एप उपलब्ध हुने बैंकले जानकारी दिएको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved