नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 01:29:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले लाभांश पारित गरेको छ । बैंकको ३२औँ वार्षिक साधारणसभाले २०७४/७५ को संचित मुनाफाबाट २०७५ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको हो ।

बैंकको चुक्तापूँजी  १२ अर्ब ५८ करोड छ । बैंकले ४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसैगरी खुद नाफा ३ अर्व ६५ करोड पुगेको छ  ।
बैंकले हाल काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५५ गरी जम्मा ७८ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ तथा १०९ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved