गरिमा विकास बैंकबाटै महालक्ष्मी लाईफको बिमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 10:44:55 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स  बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता अनुसार गरिमा विकास बैंकले देशभर रहेका आफ्ना ७६ वटा शाखाबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको थियो । इन्स्योरेन्सले  पूर्व मेची देखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरू तथा उपशाखा कार्यालयहरूबाट कारोबार गरिरहेको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका थिए । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved