एनएमबिको 'जन्मदेखि वृद्धावस्था' सम्म आवश्यकता पुरा गर्ने बचत खाता संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2019 | 10:03:02 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंक NMB Bank Limited ले ‘एनएमबी जीवन चक्र बचत खाता’ संचालनमा ल्याएको छ । यस योजनामा सात सह– योजनाहरु समावेस भएको बैंकले जनाएको छ। जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी यो योजना ल्याइएको बैंकको दाबि छ। 

यो बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ। यस योजना अन्तर्गत हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध गरिएका छन् । जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउदछ। 

आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बिमा सहितका अन्य लाभकारी फाइदाहरु यस योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ। हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved