‘भ्यालेन्टाइन डे’ मा एनआईसी एशियाको विशेष योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 09:26:38 AM मा प्रकाशित

laxmi  sunrise bank

फेब्रुअरी १४ तारिखका दिन मनाइने Valentine's Day को अवसरमा एनआईसी एशिया बैंकले 'Celebrate Love with NIC ASIA Bank' भन्ने योजना ल्याएको छ । योजना अनुसार बैंकले मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, QR भुक्तानी तथा IPG gateway च्यानलहरूमार्फत डिजिटल कारोबार गर्ने २० जना ग्राहकलाई नेपालको उत्कृष्ट तारे होटलमा Valentine's Day को दिन डिनर गर्ने अवसर प्रदान गर्नेछ ।

बैंकले मिति २०७७/१०/२८ गतेदेखि २०७७/११/०१ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत QR कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत POS द्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने गरी ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना ग्राहकलाई गोलाप्रथामार्फत छनौट गरी डिनरको लागि समावेश गरिनेछ । योजना अवधिभर ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहकलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ । 

उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने एक एक जनालाई बैंकले थप उपहारको व्यवस्था मिलाएको छ । नयाँ ग्राहकलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्ने मध्येबाट प्रथम १०० जनालाई बैंकले १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ । यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । 

बैंकले हाल ३३९ शाखा, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved