राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न २० जनाको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 06:35:57 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको लागि २० जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम मिति आज वैशाख २७ गतेसम्ममा २० जनाको आवेदन परेको बैंकले जनाएको छ

आवेदन दिनेमा अगम मुखिया, रामदेव यादव, दुर्गा कुमारी कँडेल (छतकुली), पवन रेग्मी, नरेशराज अर्याल, विष्णुदेव यादव, प्रकाशचन्द्र अधिकारी, विष्णुबाबु मिश्र, डा. रामराज उपाध्याय,  दीर्घबहादुर अर्याल, तथा देवेन्द्र रमण खनालले आवेदन दिएका छन् ।

त्यस्तै शंकर कुमार रायमाझी , झविन्द्र खत्री, कृष्णबहादुर अधिकारी, गणेश प्रसाद गौतम, शंकर केसी, सुरेश देवकोटा, प्रमोदबाबु तिवारी, माधव प्रसाद रेग्मी र कृष्णप्रसाद आचार्यले आवेदन दिएका छन् । यी मध्ये  देवेन्द्र रमण खनाल हाल बैंकको कामु सीइओ छन् ।  

अब बैंकको सीइओ छनौट समितिले  प्राप्त आवेदनमध्ये उम्मेदवारकोे शैक्षिक योग्यता, कार्य अनुभव र पेस भएको व्यावसायिक कार्य योजनाको मूल्याङ्कनको आधारमा ५ जनाको नाम सर्ट लिस्ट गर्ने छ। त्यसपछि ति ५ जनाको शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेतमा प्राप्त अङ्कको योग्यताको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने तीन जनालाई सञ्चालक समिति समक्ष सिफारिस गर्ने छ।

जसमध्ये बाट संचालक समितिले एक जनालाई सीइओ नियुक्त गर्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि हाल बैंकमा सीइओ पद रिक्त छ ।

आवेदन दिनको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र,लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्ने उल्लेख थियो ।

त्यस्तै चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव रहेको हुनु पर्ने थियो।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved