नयाँ सहर बनाउन साउदीले गर्‍यो यस्तो खतरनाक निर्णय,नमान्नेलाई गोली हान्ने आदेश !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 05:41:21 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबले अत्याधुनिक सहर निर्माण गर्न अनौठो र खतरनाक निर्णय गरेको छ । 

’निओम : द लाइन सिटी’ नाम  दिइएको उक्त  प्रोजेक्ट अन्तरगत १७० किमी लामो सिधा रेखामा बनाइने काररहित यो सहरमा उज्यालो समुद्री तट, विशाल मरुभूमिमा रोपिएका अर्बौँ रूख, द्रुत गतिमा चल्ने रेल र नक्कली चन्द्रमा हुनेछन् ।

यो साउदी अरबको महत्त्वाकांक्षी परियोजना रहेको बीबीसी ले आफ्नो समाचारमा उल्लेख गरेको छ ।यो परियोजनामा काम गर्न बेलायतलगायतका दर्जनौं पश्चिमी मुलुकका कम्पनीहरु पनि इच्छुक छन् । यो साउदी अरबको अहिलेसम्मकै महत्त्वाकांक्षी परियोजना पनि हो ।

द लाइन सहर बनाउन कयौँ गाउँमा घर,विद्यालय र अस्पतालहरू हटाइएका छन् । यस क्रममा पुस्तौंदेखि बस्दै आएका एउटा गाउँका आदिबासीहरुले गाउँ छाड्न मानेका  छैनन् तर यसको नेतृत्व गरिरहेका कर्णेल राबिह अलेन्जीले भने देशकै गौरबको परियोजना भएकाले नमान्नेलाई गोली चलाएर भएपनि काम गर्न आफूलाई आदेश दिएको बताएका छन् ।

त्यसो त यसमा विरोध गर्ने एक  जनालाई सेनाले गोली हानेर मारिसकेको छ । साउदी अधिकारीहरुले भने जर्बजस्ती विस्थापन  नभएर भुमिअधिग्रहणका लागि क्षतिपूर्तिको प्रस्ताव पनि गरिएको बताएका छन् । तर यसबारे बीबीसीले सोधेको जिज्ञासामा  साउदी सरकार र निओम व्यवस्थापन दुवैले थप प्रतिक्रिया दिएका छैनन् । 

साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले यसलाई एकदमै राम्रो  ’खाली क्यानभास’ भनेर वर्णन गरेका छन्। तर त्यहाँको सरकारले ६ हजारभन्दा बढी मानिसहरू यस परियोजनाको लागि सार्नु परेको उल्लेख गरेको छ । 

अर्थतन्त्रको तेलमाथिको निर्भरता कम गर्ने साउदी भिजन- २०३० अन्तर्गत साउदी अरबले ५ खर्ब डलर खर्चेर अत्याधुनिक सहर बनाउन लागेको हो। 

२०० मिटर चौडा अनि १७० किमी लामो रहेको यो परियोजनाको काम सन् २०३० सम्ममा २.४ किमी मात्रै हुन सक्ने बताइएको छ । बीबीसी

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved