४२ जना खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय, क्रिकेटलाई २ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 06:45:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विभिन्न अन्तराष्ट्रिय खुलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ४२ जना खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाखभन्दा बढी रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो  । जस अनुसार १९औं एसियन खेलकूदमा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने छन्।

कुल रकम मध्ये आइसिसी मेन्स टि-ट्वान्टी वल्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले दुई करोड ४ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । १५ खेलाडीलाई जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने बताईएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved