
नेपाल राष्ट्र बैकको जनशक्ति व्यस्थापन बिभागले २०७८ सालमा बैंकहरुमा बिदा हुने दिनहरुको सुची सार्वजनिक गरेको छ। राष्ट्र बैंकले बिदाको दिनलाई बर्गिकरण गरि दुई भागमा विभाजन गरेको छ। बैंकहरुमा पुरै दिन बिदा हुने दिनलाई क बर्गमा राखिएको छ भने आधा दिन बिदा हुने दिनलाई ख बर्गमा राखिएको छ।
प्रत्येक शनिबार र बिदाको दिनलाई क बर्गमा राखिएको छ भने आधा दिन अर्थात शुक्रबार बिदा हुने दिनलाई ख बर्गमा राखेको छ। क बर्गमा राखिएको बिदाको दिनमा बैक पुरै बन्द हुनेछ भने ख बर्गको बिदाको दिन १० बजेदेखि १:३० सम्म मात्र कार्यालय खुल्नेछन।
राष्ट्र बैंकले ५ दिन दशैं बिदा छुट्याएको छ भने तिहारमा ४ दिन बिदा दिनेछ। त्यस्तै आकष्मिक बिदाका दिन सरकारले तोके अनुसार नै निर्धारण हुने र सोहि अनुसार सार्वजनिक बिदा दिईने समेत राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आगामी बर्ष बिदा हुने दिनहरुको सुची सहित राष्ट्र बैक खुल्ने समय पनि सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय खुल्ने छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र केन्द्रीय बैंक खुल्नेछ ।
हेर्नुस सुचि :