
सिटिजन्स बैंक Citizens Bank International Limited ले ग्राहकको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री बितरण शुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो ।
विभिन्न प्रयोजनका लागी विदेश जानुपर्ने ग्राहकले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ । यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरवारमार्ग , कुमारीपाटी , बौद्ध , कोटेश्वर,कुलेश्वर ,ठिमी, कमलादी ,न्यूरोड, डिल्लीबजार, नयाँबजार,भंैसेपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।
सिटिजन्स बैंकले १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।