२ महिना मै २ वाणिज्य बैंकको नाफा दोब्बर, बढी नाफा कमाउनेमा ग्लोबल अगाडी (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2022 | 10:25:17 PM मा प्रकाशित

laxmi  sunrise bank

२ महिनाको अवधिमा २ वटा वाणिज्य बैंकको नाफा दोब्बर बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रोभिजनल विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनाको तथ्यांकसँग चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांक तुलना गर्दा २ वटा वाणिज्य बैंकको नाफा दोब्बर भएको देखिएको हो ।

यसरी नाफा दोब्बर हुने बैंकमा कृषि विकास बैंक र सेन्चुरी बैंक रहेका छन् । राष्ट्र बैंकले सार्वजनिक चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मङ्सिरसम्मको विवरण विवरण अनुसार कृषि विकास बैंकले ६५ करोड ६ लाख खुद नाफा कमाएको थियो । त्यस्तै राष्ट्र बैंकले सार्वजनिक चालु आर्थिक वर्षको पहिलो ७ महिना अर्थात माघसम्मको विवरण विवरण अनुसार कृषि विकास बैंकले १ अर्ब ४९ करोड खुद नाफा कमाएको छ। २ महिनाको अवधिमा बैंकको खुद नाफा ८४ करोड ११ लाख अर्थात १२९.२९ प्रतिशतले बढेको छ ।

त्यस्तै राष्ट्र बैंकले सार्वजनिक चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मङ्सिरसम्मको विवरण विवरण अनुसार सेन्चुरी कर्मर्शियल बैंकले ४० करोड २५ लाख खुद नाफा कमाएको थियो । त्यस्तै राष्ट्र बैंकले सार्वजनिक चालु आर्थिक वर्षको पहिलो ७ महिना अर्थात माघसम्मको विवरण विवरण अनुसारसेन्चुरी कमर्शियल बैंकले ८२ करोड २० लाख खुद नाफा कमाएको छ। २ महिनाको अवधिमा बैंकको खुद नाफा ४१ करोड ९५ लाख अर्थात १०४.२२ प्रतिशतले बढेको छ ।

रकमको हिसाबमा भने यस अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै १ अर्ब ६९ करोड खुद नाफा कमाएको छ । राष्ट्र बैंकले सार्वजनिक चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मङ्सिरसम्मको विवरण विवरण अनुसार ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ खुद नाफा कमाएको थियो । त्यस्तै राष्ट्र बैंकले सार्वजनिक चालु आर्थिक वर्षको पहिलो ७ महिना अर्थात माघसम्मको विवरण विवरण अनुसार ग्लोबल आईएमई बैंकले ३ अर्ब ३ करोड खुद नाफा कमाएको छ। २ महिनाको अवधिमा बैंकको खुद नाफा ५४.५६ प्रतिशतले बढेको छ ।

 ७ महिनाको तथ्यांकको आधारमा ग्लोबल आईएमईको खुद नाफा सबै भन्दा धेरै ३ अर्ब ३ करोड रहेको छ भने एनआईसी एसिया बैंकको खुद नाफा २ अर्ब ८५ करोड रहेको छ । त्यस्तै नबिल बैंकको खुद नाफा २ अर्ब ८२ करोड, राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब २८ करोड, र प्राइम बैंकको २ अर्ब १६ करोड खुद नाफा रहेको छ ।

नेपाल एसबिआई, लक्ष्मी बैंक, सनराइज बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाडौँ, सेन्चुरी बैंक र सिभिल बैंकको खुद नाफा भने १ अर्ब भन्दा कम छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved