नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ । राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गरेर चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो ।
राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले मार्गदर्शन सशोधन गरेको बताएका हुन् । उनका अनुसार मार्गदर्शनमा ५ वटा संशोधन गरिएको छ । बैंक तथा वित्तीय संस्था तथा व्यवसायीबाट आएको सुझाव अनुसार नै मार्गदर्शन संशोधन गरिएको उनले बताए । उनका अनुसार कर्जाको समयसीमा र कर्जाको सीमामा फेर बदल गरिएको छ ।
हेर्नुस् के के संशोधन भयो ?