हिमालयन बैंकले ७ वटा शाखामा राख्यो सीआरएम मशिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 05:09:58 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले  बैंकको विभिन्न शाखाहरुमा Cash Recycler Machine (CRM) संचालनमा ल्याएको छ । हाल बैंकले  बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा यस्तो मेशिन मार्फत सेवा संचालनमा ल्याएको हो।

यस मशिनबाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ। मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् ।

हिमालयन बैंकको यस सुबिधाले बैंकका ग्र ाहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ । बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटिएम र ६,००० भन्दा बढी पीओएस टर्मिनल बाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved