ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2023 | 07:20:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल बैंकर्स संघले माघ महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेको छ। संघको आज बुधबार बसेको बैठकले माघ महिनाको लागि १.१३ प्रतिशतको दरले  ब्याजदर घटाउने निर्णय गरेको हो । 

नेपाल बैंकर्स संघका नव नियुक्ति अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले ब्याजदर घटाउने निर्णय गरेको बिजपाटीलाई जानकारी दिए  । संघको आज सम्पन्न विशेष साधारणसभाबाट सुनिल केसी सर्वसम्मत संघको अध्यक्ष चयन भएका हुन् 

जस अनुसार अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ 

बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतभन्दा संस्थागत मुद्दती खातामा २ प्रतिशत बिन्दु कम ब्याजदर दिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved