बैंकर्स संघको अध्यक्षमा केसी र उपाध्यक्षमा कोइराला चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2023 | 07:41:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । संघको आज सम्पन्न विशेष साधारणसभाले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । 

केसी यस अघि संघको उपाध्यक्ष थिए । यस अघि अध्यक्ष रहेका अनिल उपाध्याय बाहिरिएपछि  केसीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। आजको विशेष साधारणसभाले केसीलाई अध्यक्ष चयन गरेको हो । 

त्यस्तै विशेष साधारणसभाले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई संघको उपाध्यक्षमा सर्बसम्मत चयन गरेको छ । कोइराला यस अघि पनि संघको सदस्यमा थिए । 

विशेष साधारणसभा पश्चात संघका नव नियुक्त अध्यक्ष केसीको अध्यक्षता बसेको संघको बैठकले माघ महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेको छ।  बैठकले माघ महिनाको लागि १.१३ प्रतिशतको दरले  ब्याजदर घटाउने निर्णय गरेको हो । संघका अध्यक्ष केसीले ब्याजदर घटाउने निर्णय गरेको बिजपाटीलाई जानकारी दिए  ।

 जस अनुसार अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतभन्दा संस्थागत मुद्दती खातामा २ प्रतिशत बिन्दु कम ब्याजदर दिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved