माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढ्यो, १२ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 01:49:13 PM मा प्रकाशित

laxmi  sunrise bank

माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा बढेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढेको हो ।

संघका अनुसार पुस मसान्तमा बैंकहरुको निक्षेप ४७ खर्ब १६ अर्ब रहेकोमा माघ मसान्तमा निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब पुगेको छ ।  यस अवधिमा कर्जा प्रवाह १२ अर्ब बढेको छ । पुस मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब ७८ अर्ब रहेकोमा माघ मसान्तसम्ममा बैंकहरुको कर्जा प्रवाह १२ अर्बले बढेर ४२ खर्ब ९० अर्ब पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved