हिमालयन बैंकद्वारा नशा रहित समाजलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 03:44:31 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले नशा रहित समाज नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाडिगाउँ, ललितपुर स्थित नशा रहित समाज नेपाल (उपचार केन्द्र) लाई  बहूद्देश्यीय हल निर्माणका लागि पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको  हो । 

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम  संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तानतरण गरेका हुन् । 

 बैंकका अनुसार उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएका छन् । हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा  यस सेवाबाट सहयोग गरिरहेका छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved