बिहीबार ६८औं वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2023 | 09:16:09 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले बिहीबार ६८औं वार्षिकोत्सव मनाउने भएको छ । राष्ट्र बैंकले  वैशाख १४ गते बिहीबार अपरान्ह ३ बजे बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा वार्षिकोत्सवको अवसर पारेर विशेष कार्यक्रम गर्न लागेको हो ।

राष्ट्र बैंकले सो समारोहमा सहभागी हुन बैंकका पूर्व गभर्नरज्यूहरू, पूर्व डेपुटी गभर्नरज्यूहरू, पूर्व कार्यकारी निर्देशकज्यूहरू (अधिकृत विशिष्ट श्रेणी) तथा पूर्व निर्देशकज्यूहरू (अधिकृत प्रथम श्रेणी ) लाई निमन्त्रणा गरी सकिएको जनाएको छ।

राष्ट्र बैंक सार्वजनिक सूचना जारी गर्दै कथंकदाचित निमन्त्रणा प्राप्त हुन नसकेको भए सूचनालाई नै निमन्त्रणा मानी सो समारोहमा उपस्थित भई दिन अनुरोध गरेको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved