नेपाल राष्ट्र बैंकले आज बिहीबार ६८औं वार्षिकोत्सव मनाउँदै छ । राष्ट्र बैंकले आज अपरान्ह ३ बजे बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा वार्षिकोत्सवको अवसर पारेर विशेष कार्यक्रम गर्न लागेको छ ।
सो समारोहमा राष्ट्र बैंकका पूर्व गभर्नरहरू, पूर्व डेपुटी गभर्नरहरू, पूर्व कार्यकारी निर्देशकहरू (अधिकृत विशिष्ट श्रेणी) तथा पूर्व निर्देशकहरू (अधिकृत प्रथम श्रेणी ) सहभागी हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिकोत्सव अवसरमा शुभकमना व्यक्त गर्दै मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास एवम् सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुऱ्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
गभर्नर अधिकारीको शुभकामनामा भनिएको छ 'नयाँ वर्ष २०८० को शुभ उपलक्ष्यमा समस्त नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै बैंकको ६८ औं वार्षिकोत्सवको सुखद अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत 'अर्थतन्त्रको दिगो विकास एवम् सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुऱ्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।'