सिटिजन्स बैंकको मस्कट नागरिका सार्वजनिक, एआई च्याटबट पनि सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 03:44:59 PM मा प्रकाशित

laxmi  sunrise bank

१७ औं वर्षमा प्रवेश गरेको सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई थप सरलिकृत बैंकिङ अनुभव प्रदान गर्न आफ्नो नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कटका साथै सुरुवात गरेको छ। बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो मस्कट सार्वजनिक गरेका छन्  ।

बैंकले आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको जनाएको छ ।

बैंकका अनुसार च्याटबट एक ए आई द्वारा संचालित भर्चुअल सहायक हो जसले ग्राहकहरूसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गर्दछ। यस सुविधाले ग्राहकहरूलाई बैंक संग सम्बन्धित जिज्ञासा र अनुरोधहरूको तुरुन्त प्रतिक्रियाहरू प्राप्त गर्न सक्षम पार्छ ।

बैंकले भनेको छ 'च्याटबट मार्फत, ग्राहकहरूले सरल र सहज संवादात्मक इन्टरफेस मार्फत विभिन्न बैंकिङ गतिविधिहरू गर्न सक्छन् जस्तै खाता मौज्दात जाँच, खाता खोल्न , उच्च ब्याज दर बुझ्न, सिटिजन्स एप सक्रिय गर्न, शाखा स्थान बुझ्न र अन्य धेरै सुबिधाहरू उपलब्ध छन् । ग्राहकहरूले च्याटबटमा आफ्नो जिज्ञासा वा अनुरोध टाइप गरेर कुराकानी सुरु गर्न र उपयुक्त बैंकिङ सेवामा मार्गदर्शन प्राप्त गर्न सक्छन् । त्यसका साथै डाटा गोपनीयता र सुरक्षाको लागि बैंकको प्रतिबद्धताको एक भागको रूपमा, च्याटबटले ग्राहकहरूको जानकारी सुरक्षित समेत गर्दछ।'

सिटिजन्स बैंकले १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १३८ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।                                   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved