पूर्व गभर्नर भट्टराईलाई राष्ट्र बैंकले गर्यो सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 06:55:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईलाई सम्मान गरेको छ । राष्ट्र बैंकको ६८ औ वार्षिकोत्सव अवसर राष्ट्र बैंकले भट्टराईलाई सम्मान गरेको हो । 

बैंकको वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष एक जना पूर्व गभर्नरलाई सम्मान गर्ने परम्परा बमोजिम यस वर्ष पूर्व गभर्नर विजयनाथ भट्टराईलाई सम्मान गरिएकोराष्ट्र बैंकले जनाएको छ । कार्यक्रममा गभर्नर  महाप्रसाद अधिकारीले पूर्व गभर्नर भट्टराईलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका हुन्।

पूर्व गभर्नर भट्टराईले २०६१ माघ १८ देखि २०६६ माघ १७ गतेसम्म बैंकको गभर्नरको जिम्मेवारी सम्हालेका थिए। नेपालको आर्थिक, मौद्रिक एवम् वित्तीय क्षेत्रको व्यवस्थापनमा पु¥याएको योगदानको कदरस्वरूप पूर्व गभर्नरलाई यसरी सम्मान गर्ने परम्परा रहँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved