राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंक सहित ८ कम्पनीलाई प्रशंसापत्र प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 07:10:18 PM मा प्रकाशित

nepal oil ltd

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंक सहित ८ कम्पनीलाई सम्मान गरेको छ। राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ति कम्पनीलाई प्रशंसापत्र सहित सम्मान गरेको हो 

राष्ट्र बैंकले मुलुकभित्र सर्वाधिक विप्रेषण भित्र्याउने तीन वटा बैंक र तीन वटा रेमिट्यान्स कम्पनीलाई प्रशंसापत्र प्रदान गर्न यसै वर्षदेखि सुरुआत गरेको हो । प्रशंसापत्र प्राप्त गर्ने संस्थाहरु देहायबमोजिम छन् ।

बैंक

१. हिमालयन बैंक लिमिटेड

२. नेपाल एसबीआई बैंक लिमिटेड

३. ग्लोबल आईएमई बैंक लिमिटेड

रेमिटेन्स कम्पनी

१. आईएमई लिमिटेड

२. सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.

३. प्रभु मनी ट्रान्सफर प्रा.लि.

आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिमा यस आर्थिक वर्षलाई  विद्युतीय कारोवार भुक्तानी प्रवद्र्धन वर्षका रूपमा मनाउने घोषणा गरिएको थियो । राष्ट्र बैंकका अनुसार मुलुकमा विद्युतीय भुक्तानीका क्षेत्रमा उल्लेखनीय  प्रगति पनि भएको छ । विद्युतीय भुक्तानी कारोबारको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने दुई वटा भुक्तानी प्रणाली सञ्चालक संस्थालाई प्रशंसापत्र प्रदान गर्न यसै वर्षदेखि सुरुआत गरिएको राष्ट्र बैंकले जनाएको छ । प्रशंसापत्र प्राप्त गर्ने संस्थाहरु देहायबमोजिम छन् ।

१. नेपाल क्लियरिब हाउस लिमिटेड

२. फोन पे पेमेन्ट सर्भिस लिमिटेड


राष्ट्र बैंकले राष्ट्र बैंक सेवा प्रवेशको २० वर्ष सेवा अवधि पूरा भएका १९ जना कर्मचारीलाई २० वर्षे सेवा उपहार’ पनि प्रदान गरेको छ । राष्ट्र बैंकले बैंकको वार्षिकोत्सवका अवसरमा यसै वर्षदेखि कुशल कार्यसम्पादनका साथै बैंकको मर्यादा र प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने पाँच जना कर्मचारीलाई 'नेपाल राष्ट्र बैंक सेवा पुरस्कार’ प्रदान गर्न सुरु गरेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved