सांसदसहित सिङ्गो परिवारको करोडौँ सम्पति लिलाम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 07:38:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ऋण तिर्न नसकेपछि प्रतिनिधिसभा सांसद बिष्णुकुमार कार्कीको सम्पति लिलाममा चढेको छ । उनी नवलपुर् २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । 

कुमारी बैंकको सिद्धार्थ शाखाले सांसद कार्की सहित १० जना व्यक्ति तथा संस्थाको सम्पति लिलामको लागि आजसार्वजनिक सूचना जारी गरेको हो 

बैंकका अनुसार मनकामना इट्टा उद्योगका प्रोपाइटर रहेका कार्कीले साविक एनसीसी बैंकको सिद्धार्थनगर शाखाबाट ऋण लिएका थिए । ऋणको सावाँ तथा ब्याज भुक्तानीको लागि पटक पटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा, सावाँ तथा ब्याज तिर्नको लागि २५ दिने सार्वजनिक सुचना निकाल्दा समेत सावाँ ब्याज भुक्तान नगरेपछि सम्पति लिलाम गर्न लागिएको बैंकले जनाएको छ 

बैंकका अनुसार सांसद कार्की, मनकामना इट्टा उद्योग, न्यु मनकामना मिलर प्रोडक्ट, र रोडिज अटो मार्टको नाममा उनले ऋण लिएका थिए । सावाँ तथा ब्याज नतिरेपछि बैंकले ऋणी कम्पनीका शेयरधनी, संचालक तथा व्यक्तिगत जम्निकर्ताको सम्पति लिलाम गर्न लागेको हो 

बैंकले विष्णु कुमार कार्की, विजय कुमार कार्की,, सुदिप बिक्रम कार्की, जगत कृष्ण कार्की, मनकामना मिलर प्रोडक्ट प्रालि, अर्जुन कुमार खत्री, तुलसा कुमारी खत्री, देवी मनकामना रियल स्टेटको नाममा रहेको जग्गा लिलाम गर्न लागेको हो । बैंकले ति जग्गा सकार्नको लागि जेठ ११ गते भित्र शिलबन्दी बोलपत्रपेश गर्न आग्रह गरेको छ । 

हेर्नुस् सूचना :




 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved