मौद्रिक नीति समिक्षापछि चेम्बर अध्यक्ष मल्लको प्रतिक्रियाः थोरै भएपनि ब्याज घट्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 01:45:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले केही लचिलो नीति लिएको देखिएको बताएका छन् । मौद्रिक नीतिको समिक्षापछि बिजपाटीलाई प्रतिक्रिया दिँदै अध्यक्ष मल्लले बैंकदर ८.५ प्रतिशतबाट ७.५ प्रतिशतमा झार्ने निर्णय सकारात्मक भएको बताए । 

यसले बैंकहरुको आधार दर (बेस रेट) केही घट्न गई थोरै भएपनि ब्याजदर घट्ने अपेक्षा गर्न सकिने अध्यक्ष मल्ल बताउँछन् ।

सँगै, राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्वद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनरकर्जा सुविधा उपलव्ध गराउने व्यवस्था पनि सकारात्मक भएको अध्यक्ष मल्लको भनाई छ । 

होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था पनि सकारात्मक रहेको उनले बताए । यसले पनि व्यवसाय चलायमान बनाउन केही राहत महशुस गर्न सकिने उनको भनाई छ ।

तर, राष्ट्र बैंकले ब्याजदर अझै तल झर्ने गरी मौद्रिक औजारहरुको प्रयोग गर्नुपर्ने उनको माग छ ।

‘छिटोभन्दा छिटो ब्याजदर घट्नुपर्छ, चेम्बरले ब्याजदर एकल अंकमा हुनुपर्ने र प्रिमीयम २ प्रतिशतमा लकअप हुनुपर्ने माग गर्दै आइरहेको कुरा म स्मरण गराउन चाहन्छु’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved