सिद्धार्थ बैंकले आइएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलर ऋण लिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 06:38:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट ५ करोड ५० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिद्घार्थ बैंक र विश्व बैंक समूह अन्तर्गतको आईएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरुको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको हो । 

जस अन्तर्गत इन्टरनेशनल फाइनान्स कर्पोरेशनले सिद्धार्थ बैंकलाई ५ करोड ५० लाख अमेरिकि डलर ऋण प्रदान गर्नेछ । बैंकलाई प्रदान गरिने सो ऋण रकम आईएफसीले नेपाली बैंकलाई हालसम्म प्रदान गरेको सबैभन्दा बढी ऋण रकम भएको सिद्धार्थले जनाएको छ । 

यस सहकार्यबाट प्राप्त रकम बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपुर्ण कृषि जस्ता परियोजनामा लगानी गर्ने जनाएको छ । यस सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, संचालन र प्रबद्र्धन गर्न र हाल नेपालको बैंकिङ्ग प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केहि हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

२ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँको सम्पत्ति, २ खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ निक्षेप र १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ कर्जा पूँजी भएको सिद्धार्थ बैंकले देशभरी १९५ शाखा र २२३ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved