रियल सेक्टरमा लगानी थप्न बैंकहरु तयार छन्ः अध्यक्ष केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 07:14:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरु रियल सेक्टर तथा उत्पादनमुलक क्षेत्रमा लगानी थप्न तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिटमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । 

उनले बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जा कुल गार्हस्थ उत्पादन (जीडीपी) बराबर पुगिसक्दा पनि कर्जाको वृद्धिअनुसार जीडीपी बढ्न नसकेको बताए । जीडीपीमा उत्पादनमुलक उद्योगको योगदान  घट्दै गएको तथ्यांकले पनि यस्तो देखाएको अध्यक्ष केसीको भनाइ छ । 

‘नागरिकमा वित्तीय पुहँच र साक्षरता बढेको देखिन्छ, यस्तो अवस्थामा उद्योगहरु आफैंले पनि अवसरको सदुपयोग गर्न नसकेका हुन् की भन्ने प्रश्न आउन सक्छ’ उनले भने ‘रियल सेक्टर र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन प्राथमिकता तोकिने हो भने वित्तीय क्षेत्रबाट लाभ लिन सक्ने वातावरण सुधार हुन सक्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved