सबै वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो: कृषि विकासको सबैभन्दा धेरै, एसबीआईको उच्च वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 04:12:36 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् जसमा सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुको निष्कृय कर्जा (एनपीएल) आर्थिक वर्ष २०७९/८० को यसै अवधिको तुलनामा उल्लेख्य रुपले बढेको छ । 

प्रकाशित विवरण अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) दोब्बरले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा वाणिज्य बैंकको औसत एनपीएल १.७७ प्रतिशत रहेको अहिले बढेर ३.४० प्रतिशत पुगेको हो । 

सबैभन्दा धेरै एनपीएल सरकारी स्वामित्वको कृषि विकास बैंकको रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा २.३८ प्रतिशत रहेको बैंकको एनपीएल अहिले बढेर ५.३३ प्रतिशत पुगेको छ । 

त्यस्तै कुमारी बैंकको ४.८९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.८३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.६९ प्रतिशत, हिमालयनको ४.६७ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.३८ प्रतिशत पुगेको छ । 

विवरण हेर्दा मर्जरबाट ठूलो बैंकका रुपमा स्थापित बैंकको एनपीएल उच्च देखिन्छ भने यसअवधिमा नोक्सानीमा गएको कृषि विकास बैंकको एनपीएल सर्वाधिक बढी देखिएको छ । 

पहिलो तीन महिनाको यसअवधिमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा एसबीआई बैंकको एनपीएल सबैभन्दा बढी प्रतिशत अर्थात ५५२.७८ प्रतिशतले बढेको छ । त्यस्तै कुमारी बैंकको एनपीएल पनि अघिल्लो त्रैमासको यसै अवधिको तुलनामा २८२ प्रतिशतले बढेको छ । गतवर्षको यसै अवधिमा बैंकको एनपीएल १.२८ प्रतिशत थियो । 

त्यसै सबैभन्दा कम एनपीएल एभरेष्ट बैंकको रहेको छ । गतवर्ष ०.३३ प्रतिशत एनपीएल रहेको बैंकको यसपाली बढेर ०.९ प्रतिशत पुगेको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्डको एनपीएल १.१ प्रतिशत रहेको छ । 

कसको कति निष्कृय कर्जा ः-यो पनि :- वाणिज्य बैंकको नाफा साढे १३ अर्ब, ८ बैंकले बढाउँदा १२ बैंकको घट्यो (सूचीसहित)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved