पुरानो कर्जा असुलीमा बैंकका सीइओले खोजे सरकारको साथ, छुट्टै असुली कम्पनीको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 05:48:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका बैंकले पुरानो कर्जा उठाउनलाई सरकारको साथ खोजेको छ। नेपाल बैंकर्स संघले आज आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी गराएको हो। 

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पछिल्लो समय पुरानो कर्जा असुलीमा समस्या देखिएको बताउदै सरकारसँग छलफल गरिएको बताए। यस विषयमा बैंकर्स संघले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरिरहेको अध्यक्ष केसीले बताए। 

अहिले बैंक वित्तीय सँस्था आफै पुरानो कर्जा असुली उठाउन लागि परेको भएपनि अवस्थालाई मध्यनजर गरेर छुट्टै कम्पनी बनाएर अगाडि बढ्न सक्ने विषयमा पनि छलफल भएको बताए। बैंक वित्तीय संस्थाहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा पनि पुरानो कर्जा असुलीमा समस्या रहेको संकेत गरेको आजको कार्यक्रममा बैंकका सीइओंहरुले बताए।

 अध्यक्ष केसीले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताए । बैंकहरुको ठूलो रकम सम्भावित कर्जा जोखिम वापतको प्रोभिजनका लागि छुट्याउनु पर्दा नाफा घटेको उनले बताए । 

 अध्यक्ष सुनिल केसीले तीन महिनाको अवधिमा वाणिज्य बैंकहरुको नाफा २८ प्रतिशतले घटेको जानकारी दिए । यो अवधिमा बैंकको खराब कर्जा एनपीएल ३.६१ प्रतिशत पुगेको उनको भनाई छ ।

खराब कर्जा बढ्दा बैंकहरुले प्रोभिजनिङ्गका लागि मात्रै १६ अर्बभन्दा बढी रकम छट्याएको उनको भनाई छ । गत आवको पहिलो तीन महिनाको अवधिमा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आवकोअसोज मसान्तसम्म १६ अर्ब पुगेको उनले बताए ।

त्यस्तै यो अवधिमा बैंकहरुको कर्जा लगानीमा पनि अपेक्षित वृद्धि हुन नसकेको उनले बताए । जसका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद ब्याज आम्दानी बढ्न नसकेको उनको भनाइ छ । अध्यक्ष केसीले अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको असर बैंकमा देखिएको उल्लेख गरे । 'यद्यपी, दक्षिण एसिया अन्य देशको तुलनामा नेपालको बेंकिङ्ग अवस्था ठीकै रहेको छ ।' कार्यक्रममा बोल्दै उनले भने, 'डराउनुपर्ने अवस्था छैन्, सजग भने हुनुपर्छ ।'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved