नेप्से १११ अंकले बढ्दा सबै वाणिज्य बैंकको शेयर भाउ बढ्यो, कसको कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 01:22:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्यमा बढेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पछि खुलेको पहिलो कारोबार दिनमा लगातार तेस्रो सर्किट लाग्दै १२ बजेर ९ मिनेटमा नै कारोबार बन्द भयो ।

नेप्से ६ प्रतिशत अर्थात १११.२० अंकले बढ्दा नेप्सेमा सुचीकृत सबै वाणिज्य बैंकको शेयर मूल्य बढेको छ । आज स्ट्याण्डर्ड चार्डड बैंकको शेयर मूल्य १९ रुपैयाँ १० पैसाले बढेर ५३० रुपैयाँ प्रतिकित्ता पुगेको छ । त्यस्तै, नबिल बैंकको शेयर मूल्य प्रतिकित्ता २० रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता मूल्य ५२८ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यसैगरी, एनआईसी एशिया बैंकको शेयर मूल्य २६ रुपैयाँ ५० पैसाले बढेर ५२४ कायम भएको छ । एभरेष्ट बैंकको शेयर मूल्य ५२० रुपैयाँ प्रतिकित्ता पुगेको छ । आज बैंकको शेयर भाउ ९.४७ प्रतिशत अर्थात प्रतिकित्ता ४५ रुपैयाँ बढेको हो ।

त्यस्तै एसबीआईको शेयर मूल्य ३२८ रुपैयाँ प्रतिकित्ता पुगेको छ । बैंकको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको हो ।

कुन वाणिज्य बैंकको सेयर मूल्य कति ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved