माघको लागि १८ वटा वाणिज्य बैंकले ब्याजदर घटाए, कुनको कति? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 09:28:18 AM मा प्रकाशित

laxmi  sunrise bank

हाल संचलित २० वटा वाणिज्य बैंक मध्ये १८ वटाले माघ महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । आज सबै बैंकले माघ महिनाको लागि नयाँ ब्याजदर प्रकाशन गरेका हुन्  

जस अनुसार १८ बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकको ब्याजदर स्थिर रहेको छ। एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर स्थिर राखेका हुन्  । यी बाहेक अन्य १८ बैंकले भने ब्याजदर घटाएका छन्  

जसमा प्राइम कमर्शियल बैंकले सबैभन्दा धेरै ब्याज घटाएको छ । बैंकले १.९ प्रतिशत बिन्दुसम्मले ब्याज घटाएको छ । १ प्रतिशत वा सो भन्दा धेरै प्रतिशत बिन्दुले ब्याज घटाउनेमा प्राइम बैंक , कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन्  । सिटिजन्स बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती तर्फको ब्याज मात्र घटाएका छन् 

हेर्नुस् कुनको ब्याजदर कति ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved