
हाल संचालनमा रहेका २० वटै वाणिज्य बैंकले २०८१ वैशाख महिनाको लागि निक्षेपमा प्रदान गर्ने नयाँ ब्याजदर प्रकाशन गरेका छन् । प्रकशित ब्याजदर अनुसार १३ वटा बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन्। जस मध्ये एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ०.७९९ प्रतिशत बिन्दुले व्यक्तिगत तर्फको निक्षेपको ब्याज घटाएको छ।
व्यक्तिगत निक्षेपतर्फको ब्याज घटाउने अन्य बैंकमा ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक,लक्ष्मी सनराइज बैंक,प्रभु बैंक, नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक,नेपाल बैंक, सिटिजन्स बैंक, प्राइम बैंक र सानिमा बैंक रहेका छन् । यी मध्ये सिटिजन्स र राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य बैंकले संस्थागत निक्षेपतर्फको ब्याज पनि घटाएका छन् । सिटिजन्स र राष्ट्रिय वाणिज्य बैंकले भने संस्थागत निक्षेपतर्फको ब्याज स्थिर राखेका छन् ।
५ वटा बैंकले भने व्यक्तिगत निक्षेपतर्फको ब्याज स्थिर राखेका छन् । यसरि ब्याज स्थिर राख्नेमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, र हिमालयन बैंक रहेका छन् । यी बैंकको संस्थागत निक्षेप तर्फको ब्याज पनि स्थिर छ ।
बाँकि २ वटा बाणिज्य बैंकले भने व्यक्तिगत निक्षेपतर्फको ब्याज बढाएका छन् । एभरेष्ट बैंक र एनएमबि बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याज बढाएका हुन् । जस अनुसार एभरेष्टले व्यक्तिगत निक्षेपतर्फको ब्याज ०.५ प्रतिशत बिन्दुले बढाएको छ भने एनएमबि बैंकले ०.९७० प्रतिशत बिन्दुले ब्याज बढाएको छ । यी दुई बैंकले संस्थागत निक्षेप तर्फको ब्याज पनि बढाएका छन् ।
हेर्नुस् कुन बैंकको ब्याजदर कति ?