५ रुपैयाँको ३५ करोड वटा नोट छाप्दै राष्ट्र बैंक, १० वटाले मात्र टेण्डर हाल्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 03:58:43 PM मा प्रकाशित

nepal oil ltd

नेपाल राष्ट्र बैंकले ५ रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान गरेको छ । बैंकले ५ हजार रुपैयाँ दरको ३५० मिलियन वटा अर्थात् ३५ करोड वटा नोट छाप्न टेण्डर आह्वान गरेको हो  ।

राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो  । राष्ट्र बैंकले २०२४ जुन ३ तारिखको दिउँसो १२ बजे भित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ  । राष्ट्र बैंकले प्रस्ताव पेश गर्दा २ करोड १० लाख धरौटी राख्नु पर्ने जनाएको छ  ।

यस टेण्डरमा १० वटा कम्पनीले मात्र सहभागिता जनाउन सक्ने छन्  । राष्ट्र बैंकले नोट छाप्नको लागि निवेदन पेश गरेका मध्ये १० वटा कम्पनी मात्र योग्य रहेको भन्दै ति कम्पनीको सूची यस अघि नै सार्वजनिक गरेको थियो  । अब नोट छाप्नको लागि ति १० कम्पनीले मात्र टेण्डर प्रक्रियामा सहभागी हुन पाउने छन्  । सबै भन्दा कम मूल्य कबुल गर्नेलाई राष्ट्र बैंकले नोट छाप्ने ठेक्का दिने छ  ।

यी हुन् नोट छाप्न योग्य रहेका कम्पनी : 

1. Casa da Moeda do Brasil, Brazil

2. China Banknote Printing and Minting Corporation, China

3. Crane A.B., Sweden

4. De La Rue International Limited, United Kingdom

5. Giesecke+Devrient Currency Technology GmbH, Germany

6. Joint Stock Company "Goznak", Russia

7. Korea Minting, Security Printing & ID Card Operating Corp., Korea

8. Oberthur Fiduciaire SAS, France

9. Orell Füssli Security Printing, Switzerland

10. Security Printing and Minting Corporation of India Limited, India

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved