ओपो बन्यो छैठौँ उत्कृष्ट चिनियाँ ब्राण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2021 | 01:57:47 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपो मोबाइल छैठौँ उत्कृष्ट चिनियाँ ब्राण्ड बनेको छ । गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१ ¥याकिंगमा ओपो छैठौ स्थानमा परेको हो । रिपोर्टमा ओपो आउटस्ट्यान्डिंग चाईनिज ग्लोबल ब्राण्ड विल्डरका रुपमा छैठौँ स्थानमा परेको हो । 


विकसित बजारहरुमा ओपोको ब्राण्ड पावरमा सन् २०१८ देखि निरन्तर बृद्धि हुँदै ३०% भन्दा बढीको कम्पाउण्ड ग्रोथ रेट हात पार्दै आएको छ । उदयिमान बजारहरुमा आउटस्ट्यान्डिङ ब्राण्ड पावरका साथमा दोस्रो स्थान प्रदान गरिएको छ । अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्राण्डका रुपमा लगातार ५ बर्षदेखि ओपो सूचिमा सम्मिलित रहँदै आएको छ । साथै, कम्पनीको ¥याङ्किंग प्रभावशाली उपलब्धि र विश्वबजारमा बढ्दो ब्राण्ड प्रभावका कारण निरन्तर उत्कृष्टता उन्मुख रहँदै आएको छ । 


कार्यक्रममा उदयिमान बजारहरुमा अवसरको अन्वेषण शिर्षक बोल्दै, ओपोका ग्लोबल सिनियर ब्राण्ड डिरेक्टर डेरेक सनले सूचिमा ओपोले यस्तो सम्मानित श्रेणी पाउँदा निकै उत्साहित भएको र विदेशी बजार प्रवेश गरिरहेका चिनियाँ ब्राण्ड मध्य ओपोले सधै उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै तत्परताका साथ तिनका लागि नवप्रबर्तनात्मक उत्पादनहरु पस्किँदै आइरहेको बताए । 


चाईना ब्राण्ड एक्सिलिरेटर क्लस्टर अफ गुगलका गु्रप हेड शनशान शेङ्गले पनि ओपोको उपलब्धिका लागि बधाई दिँदै सम्मान ब्यक्त गरे । ‘चिनिया ब्राण्डको प्रभाव विश्वब्यापी रुपमा बढ्दो छ । अझ धेरै चिनिया ब्राण्डलाई अवसर अन्वेषण, अवसर हात पार्न तथा तिनका ब्राण्डलाई अन्तरराष्ट्रिय मञ्चमा अझ माथी उक्लन अवसर सिर्जना गर्ने कार्यमा सघाउने हाम्रो चाहना छ । ’, गु्रप हेड शनशान शेङ्गले भने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved