साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल, अब मोबाईल एपबाटै सामान किन्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 04:40:47 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको नेपालको  रिटेल चेन ‘साथीमार्ट’को ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । बिहिबार राजधानीना आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अवद्दतामा हस्ताक्षर गरेका हुन् ।  

साथीमार्ट आफ्नो १६ महिनाले यात्रमा सातै प्रदेशका सहरमा ७ दर्जन बढी आउटलेट सन्चालन गर्दै काकरभित्ता देखि दार्चुला तथा जिरीदेखि ढल्केबरसम्म पुग्न सफल भएको छ ।  

साथीमार्टको एफिटिएट मार्केटिङः

बेरोजगार तथा नेपालमै बसेर केहि गरौं भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्ने गरि ‘साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यहि वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । जस अन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि ३० प्रतिशतसम्म आम्दानी गर्न सकिन्छ ।

आईएसओ ९००१–२०१५ प्रमाणित कम्पनी  साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ । 

साथीमार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिन्छ। हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथीमार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने साथीमार्टका सँस्थापक सिइओ सागर पोख्रेल बताउँछन् ।

साथीमार्ट प्रशासन सबै मार्टमा यस आर्थिक बर्षमा ३०० प्रतिशत सम्मको बिक्री बढाउने योजनामा रहेको छ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुबिधा र अन्लाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ ।  

मार्टले हालका लागि फ्रान्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिई व्यापार बिस्तारमा जोड दिएको छ । त्यस्तै आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ ।

नेपालमा ९० प्रतिशत भन्दा बढी ईन्टरनेट प्रगयोगगर्ता भइसकेको अबस्थामा डिजिटल मार्टको युग सुरु हुने साथीमार्टले बिश्वास लिएको छ। साथीमार्टको यसै बर्ष थप २ सय र ३ बर्षमा नेपाल भर हजार आउटलेट खोल्ने लक्ष्य रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved