ढोलाहिटीमा बज्र ग्रुपको शोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 05:02:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले, ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्रीवितरण गर्ने उधेश्यले, “सोमानी ग्रान्ड़े” शोरुम खोलेको छ । सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीले उक्त शोरुमको उद्घाटन गरेका हुन् ।

सोमानी सिरामिक्स भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्दछ । उद्योगमा अग्रगामी र सबैका लागि पछ्याउनको लागि उच्च मापदण्ड तय गर्दै कम्पनीले सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) मार्फत आफ्नो पदचिह्न विस्तार गर्दै  जाने जनाएको छ।

विगत ३० वर्षदेखि, आफ्नो ग्राहकहरुलाई सुपथ मूल्यमा बाथरुमका सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले “सोमानी ग्रान्ड़े ” शोरुम उद्घाटनको अवसरमा सामानको खरिदमा गिफ्ट भौचर राखेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved