नेप्लिज मार्केटिङ एसोसिएसनको औपचारिक सुरुवात, 'लेट्स ब्राण्ड नेपाल' को घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 10:16:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पनि नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) को गठन भई औपचारिक रुपमा संचालनमा आएको छ। कान्तिपुर मिडिया ग्रुपका एजिएम महेश स्वारको अध्यक्षतामा गठन भएको एनएमए हिजो बिहिबार पुष ८ गते औपचारिक रुपमा संचालनमा आएको हो।   

बिहिबार सोल्टी होटलमा आयोजित कार्यक्रममा एनएमएमा स्वारसहित नौ जनाको कार्यसमिति चयन गरिएको हो। कार्यसमितिको महासचिवमा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. गोपाल थापा चयन भएका छन् भने सचिवमा सुशिल अवाले, कोषाध्यक्षमा पुनम सिंह रहेका छन् । त्यस्तै, सदस्यहरुमा अभय गोर्खाली, सुमन शाक्य, सिर्जना जोशी महर्जन, सत्येन्द्र उप्रेती र सुरेन्द्र थापा रहेका छन् ।

त्यस्तै एनएमएले चार्टर मार्केटर प्रा.डा. तुलसी धरेललाई संघको मानार्थ संस्थापक सदस्यको दर्जा प्रदान गरेको छ । डा. धरेल क्यानेडियन मार्केटिङ एसोसिएसनका ब्रान्ड काउन्सिलका अध्यक्ष, सेन्टेनिअल कलेजका गभर्नर र क्यानडामा शीर्ष २५ आप्रवासी अवार्ड विजेता पनि हुन् ।

एनएमएमा मार्केटिङ व्यवसायी र प्राज्ञिक सदस्यहरू सम्मिलित ६५ जना संस्थापक सदस्य रहेका छन्। यसलाई गैर–नाफामूलक संस्थाको रुपमा दर्ता गरिएको छ ।

कार्यक्रममा प्रा.डा. धरेलले संस्थापक सदस्यहरुलाई सपथ ग्रहणका साथै कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

यस अगाडी: अगाडी बढ्यो नेपाली बजारशास्त्र संघ दर्ता प्रक्रिया, ५ सदस्यीय संयोजन समिति गठन

के हो एनएमए ?

एनएमए एउटा गैर–मुनाफा संस्थाकोरुपमा दर्ता हो। जसको मुख्य उद्देश्य भनेको उत्कृष्ट कार्य गर्न देशभरि रहेको बजारीकरण पेशेवरहरुको एउटै आवाज सृजना गर्नु रहेको छ। प्रारम्भिकरुपमा यो संघ बजारीकरण पेशेवर र शिक्षविद्हरुद्वारा गठन गरिएको हो । 

काठमाडौंको होटेल सोल्टीमा गरिएको एनएमएको औपचारिक लन्च कार्यक्रममा यसका अन्तरिम बोर्डका ४–सदस्य– कान्तिपुर मिडिया ग्रुपका महेश्वरलाई अध्यक्ष, त्रि.वि.का सह–प्राध्यापक डा. गोपाल थापालाई महासचिव, सह–प्राध्यापक सुशिल अवालेलाई सचिव र गोल्छा ग्रुपका मार्केटिङ, पुनम सिंहलाई कोषाध्यक्षकोरुपमा घोषणा गरिएको थियो । बोर्डका अन्य सदस्यहरुमा अभय गोर्खाली, सुमन शाक्य, श्रृजना जोशी महर्जन, सत्यन्द्र उप्रेति र सुरेन्द्र थापा छन् । 

सोही कार्यक्रममा एनएमएद्वारा डा. तुल्सी धरेललाई एनएमएको गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा सम्माननीय सदस्यकोरुपमा अभिनन्दन गरियो । यसका साथै ३ अन्य सदस्यहरु, डा. बगला बस्नेत – त्रि.वि.का दिग्गज शिक्षाविद्, रविन्द्र मान श्रेष्ठ – मायोज नुडल्सका पूर्व जिएम र रवी के.सी.– सूर्य नेपालका उप–सभापतिलाई मार्केटिङमा उहाँहरुको उत्कृष्ट कार्यको लागि सम्मानस्वरुप पहिचान गरियो । 

बजारीकरण पेशेवरहरुलाई उनीहरुको कार्य प्रति सहयोग गर्न उनीहरुको व्यक्तिगत र पेशागत जीवन उत्तम बनाउन र नैतिक मुद्दा र सामान्य बजारीकरण कार्यहरु समावेश गर्न प्रवद्र्धन गर्नको लागि एनएमएले शिक्षामा बढी जोड दिने लक्ष्य राखेको छ ।

एनएमएले बजारीकरण फर्टिनिटीलाई सहयोग गर्न र विकास गर्न प्रतिबद्ध भएकोले दुवैलाई फाइदाजनक सम्बन्ध कायम गर्नुको साथै लक्ष्य प्रति लगाव भएका संस्थालाई संलग्न गर्दै शिक्षा दिन, उत्प्रेरित गर्न र सम्बन्धित सरोकारवालालाई प्रेरित गर्न संयुक्तरुपमा कार्य गर्दैछ।

'लेट्स ब्राण्ड नेपाल' को घोषणा

सोही कार्यक्रममा संस्थापक सदस्य समेत रहेका प्रिज्मा एडभरटाईजिङका अध्यक्ष रंजित आचार्यद्वारा 'लेट्स ब्राण्ड नेपाल' नामक आफ्नो पहिलो पहलको घोषणा गर्यो। यसको विस्तृत जानकारी आगामी महिनाहरुलाई जारी गरिनेछ। बिश्वसामु नेपालको पहिचान अग्लो सगरमाथा , बुद्द जन्मेको, बिर गोर्खाली भएको देशको रुपमा रहिरहेकाले अब हामीसंग भएका अरु धेरै कुराहरु बिश्वसामु चिनाउनुपर्ने र त्यसकै लागि 'लेट्स ब्राण्ड नेपाल' को सुरुवात भएको आचार्यको भनाई छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved