अगाडी बढ्यो नेपाली बजारशास्त्र संघ दर्ता प्रक्रिया, ५ सदस्यीय संयोजन समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2021 | 02:36:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारसास्त्र संघ अर्थात्  'नेप्लिज मार्केटिङ एसोसियसन' गठनको लागि ५ सदस्यीय समायोजन समिति गठन भएको छ। ३ जना मार्केटिङ प्र्याकटिसनर र २ जना प्रोफेसर सम्मिलित संयोजन समिति गठन भएको छ 

समितिमा एसोसिएट प्रोफेसर डा. गोपाल थापा, असिस्टेन्ट प्रोफेसर सुशील अवाले, कान्तिपुर मिडिया ग्रुपका डिजिएम महेश स्वार, गोल्छा ग्रुपका एजिएम पुनम सिंह र डावर नेपालका मार्केटिंग प्रमुख अभय गोर्खाली रहेका छन्। यस संयोजन समितिले यसै महिना भित्र संस्थाको विधान तयार पारि संस्था दर्तालाई टुंगोमा पुर्याउने गरि काम गर्ने डा. थापाले बताए  ।  

नेपालको उच्च शिक्षा र व्यवसायीक श्रेत्रको विच समन्वय कायम गरी उच्च शिक्षाको विकास गर्ने, व्यवसायीक क्षेत्रको बजारीकरण सम्बन्धीत आवश्यकता परिपुर्ति गर्ने, नेपाली बजारशास्त्रीहरुको विश्वसनियता अभिबृद्धि गर्ने, नेपालले अन्तराष्ट्रिय मापदण्डमा स्थापीत हुने वजारीकरण क्षेत्र प्रति आकर्षण अभिबृद्धि गर्ने अभिप्रायले नेपाली बजार शास्त्र संघ स्थापना हुन लागेको हो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved