रौतहटको चन्द्रपुरमा साथीमार्टको नयाँ आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2022 | 08:38:18 AM मा प्रकाशित

laxmi  sunrise bank
नेपालकै ठुलो चेन सुपरमार्केट साथीमार्टले रौतहटको चन्द्रपुर-४ मा नयाँ आउटलेट सुरु गरेको छ । विद्यार्थी जिवनमै रहेका सौरभ बस्नेतले साथीमार्टको फ्रेन्चाइज लिएर आउटलेट सन्चालनमा ल्याएका हुन् ।

मार्टको उद्घाटन बाग्मती प्रदेशका प्रदेश सभा सदस्य देवी प्रसाद तिमल्सिनाले गरेका छन् । साथीमार्टको बारेमा जानकारी पाएपछि जिज्ञासा राखी प्रभावित भएर नंया अवसरको रुपमा साथीमार्टको आउटलेट सुरु गरेको बस्नेतले बताए । आफ्नै दाजुभाइहरु मिलि चन्द्रपुरमै नयाँ केही गरुँ भन्ने उद्देश्यले मार्ट प्रती आकर्षण बढेको बस्नेत बताउँछन् ।

बाह्रसय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ । फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved