पोखराको वर पीपल रिसोर्टको विन्टर अफर, २० प्रतिशत छुट र नि:शुल्क एयरपोर्ट पिक एण्ड ड्रप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2022 | 11:17:31 AM मा प्रकाशित

laxmi  sunrise bank
कोभिड कहर बिचमै सुरु भएको पोखराको वर पीपल रिसोर्टले सिधा बुकिङ गर्ने पाहुनालाई लक्षित गर्दै २० प्रतिसत छुट सहित  'विन्टर अफर' घोषणा गरेको छ । अफरमा एर्पोट देखि रिसोर्ट सम्म पिक एन्ड  ड्रपको समेत निशुल्क सुविधा रहेको वर पिपल रिसोर्टका संचालक जितु गुरुङले बताए ।

कर्पोरेट ट्राभलर र बिजनेस ट्राभलरलाई थप छुट साथै एक्सप्रेस चेक इन र चेक आउट सुविधा रहेको छ । रिसोर्टका अनुसार लेकसाइडकै नजिक उँचो ठाउँमा निर्माण भएकाले रिसोर्टबाट फेवाताल, लेकसाइड, शान्ति स्तुपा, सराङकोट, प्याराग्लाइडिङ तथा वरपरको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । नेपालीपन झल्काउने गरि निर्माण गरिएको रिसोर्टमा खानामा पनि ‘सर्भिङ नेपाली टेष्ट’ नाराका साथ नेपाली स्वाद पस्किने गरेको गुरुङ बताउँछन् ।

रिसोर्टको इन्फिनिटी स्विमिङ पुल युवाहरुको खास आकर्षणको केन्द्र बनेको छ । स्पा, साउना समेत रहेको रिसोर्टमा क्याम्प फायर, पार्टी समेत गर्न सकिन्छ भने प्रसस्त पार्किङको पनि सुविधा छ । पछिल्लो समय रिसोर्ट आउट डोर पार्टीको उत्कृष्ट गन्तव्य बनेको गुरुङ बताउँछन् ।

हनिमुन, बर्थ डे, एनिभर्सरी तथा चाडबाडलाई यादगार बनाउन रिसोर्टले छुट सहितका आकर्षक प्याकेज बनाउने गरेको छ । डिलक्स, सुपर डिलक्स र स्विट गरि ४० वटा कोठा रहेको रिसोर्टमा कन्फ्रेन्स हल र रेष्टुरेन्टको सुबिधा छ । रिसोर्ट शान्त बाताबरणमा भएकाले कलाकार, युवा पुस्ता, परिवारसँगै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गुरुङ बताउँछन् ।

रिसोर्ट होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुको अवलोकन भ्रमणको रोजाइ समेत बन्न सफल भएको छ । बढी मात्रामा काठ र ढुंगाको प्रयोग गरेर निर्माण गरिएको रिसोर्टको सबै कोठामा बाल्कोनी छ । करिब १० रोपनी जग्गामा  रहेको रिसोर्ट लेकसाइडको स्ट्रिट नम्बर २८ मा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved