विदेशबाट फर्किएकी राइको फ्रेन्चचाइजमा नखीपोट हाइटमा साथीमार्ट खुल्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2022 | 09:00:20 PM मा प्रकाशित

laxmi  sunrise bank

शिव चोक, नखीपोट हाइटमा साथीमार्टको ९० औं शाखा खुल्ने भएको छ । वैदेशिक रोजगारबाट फर्किएकी जीवनकला राईले मार्टको फ्रेन्चाइज लिएर सुरु गर्न लागेको बताइएको छ ।

बिदेशबाट फर्किएपछि आफ्नै ब्यवसाय सुरु गर्ने उदेश्यले साथीमार्टको फ्रेन्चाइज लिएको राइले बताइन् । पहिले नखीपोट, सिभिल बैंक भवनमा रहेको साथीमार्टको आउटलेट शिवचोक, नखीपोट उचाइमा मार्ट सुरु हुन लागेको साथीमार्ट प्रशासनले जानकारी दिएको छ । 

करिब सात सय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ । 

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved