नेपाली बजारमा इटालियन ब्राण्डका स्कुटर, नगद छुट सहितको मनसुन अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 11:24:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा इटालीयन ब्राण्डका विद्युतीय स्कुटर भित्रिएका छन्। ग्लोबल सेभेन नामक कम्पनीले इकोबिट नामको इटालियन ब्राण्डको विद्युतीय स्कुटर नेपाली बजारमा भित्र्याएको हो। विद्युतीय सवारीसाधनको बढ्दो मागलाई मध्यनजर गरेर इकोबिट ब्रान्डको इलेक्ट्रोनिक स्कुटर नेपाली बजारमा भित्र्याएको कम्पनीका प्रबन्धक निर्देशक हारुन खानले जनाएका छन्। 

उनकाअनुसार पहिलो पटक करिब ८ महिना अघि नेपाल भित्र्याईएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षण छन् । सामान्यतयाः बजारमा विद्युतीय स्कुटर भन्नेवित्तिकै कमजोर पो छ कि भन्ने आम बुझाइलाई आफ्ना स्कुटरको गुणस्तरले परिवर्तन गर्ने उनको दाबी छ। 

ग्राहकको मागलाई मध्यनजर गरेर असार ८ गते देखि असार मसान्त सम्मका लागि लागू गरिएको मंनसुन अफर अब साउन १५ सम्म कायम रहने समेत उनले बताए। यस अफर अन्तर्गत इकोविट ब्राण्डका हरेक मोडेलको नगद खरिदमा २१ हजारको छुटको व्यवस्था रहेको छ। साथै एक बर्षको कर र विमा समेत कम्पनीले नै गरिदिने तथा हरेक स्कुटरको साथमा एउटा रेनकोट र एउटा हेलमेट निःशुल्क हुनेछ। 

यो स्किमको साथै फाइनान्स र एक्स्चेन्जको समेत सुविधा रहेको उनको भनाई छ। पहिलो चरणमा इकोविट ब्राण्डका विभिन्न ४ मोडेलका स्कुटरहरु नेपाली बजारमा उपलब्ध छन्। 

३००० वाट क्षमताको हब मोटर जडित आरथ्री  मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध छ । जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,८०,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. ३,५९,००० मा उपलब्ध हुनेछ । 

४००० वाट क्षमताको साइड मोटर जडित आरथ्री प्रो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ५,३०,००० तथा सिंगल बेट्रीमा रु. ४,३०,००० मुल्य राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु. ५,०९,००० र ४,०९,००० मा उपलब्ध हुनेछ ।

३००० वाट क्षमताको मोटर जडित भ्याक्स मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य रु. २,०१,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. १,८०,००० मा उपलब्ध हुनेछ  

२००० वाट क्षमताको मोटर जडित ईरेट्रो स्टार  मोडेलमा ४८ भोल्ट २६ एएचका लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,३४,००० र सिंगल बेट्रीमा रु. २,३५,००० मुल्य राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु. ३,१३,००० र २,१४,००० मा उपलब्ध हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved